उसले वेस्ट ह्याम युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो । निर्धारित समयको खेल भने २–२ को बारबरीमा रहेको थियो ।
काठमाडौँ — लिड्स युनाइटेडले आइतबार एफएकपको सेमिफाइनल यात्रा तय गरेको छ । यसका लागि उसले वेस्ट ह्याम युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो । निर्धारित समयको खेल भने २–२ को बारबरीमा रहेको थियो ।
लिड्सका लागि एक्लेल डिसासीले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गोल गर्दै टिमलाई हारबाट जोगाएका थिए । लिड्स एफएकपको सेमिफाइनल पुगेको यो ३९ वर्षयता पहिलो पटक हो । उसले सन् १९८७ मा पछिल्लो पटक सेमिफाइनल खेलेको थियो ।
यो नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । अब लिड्सले फाइनल प्रवेशका लागि चेल्सीको सामना गर्नेछ । अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग भिड्ने छ ।
