यो जितपछि इन्टरको ३१ खेलबाट ७२ अंक भएको छ ।
काठमाडौँ — इन्टर मिलानले इटालीको सिरी ए मा आइतबार रोमामाथि ५–२ को सहज जित निकालेको छ ।
इन्टरका लागि लउतारो मार्टिनेजले दुई गोल गरे । उनले नै पहिलो मिनेटमै गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए र त्यसपछि टिमले पछाडि फर्केर हेर्नु परेन ।
लिग तालिकाको शीर्षमा रहेको इन्टरका लागि हाकान चालहान्ग्लु, मार्कस थुराम र निकोला बारेलाले पनि गोल गरे । रोमाका तर्फबाट भने जियानलुका मानचिनी र लोरेन्जो पेलेग्रिनीले गोल फर्काए । यो जितपछि इन्टरको ३१ खेलबाट ७२ अंक भएको छ ।
यो दोस्रो स्थानमा रहेको एसी मिलानमाथि नौ अंकको अग्रता हो । रोमा भने हारपछि ५४ अंकमा छैटौं स्थानमा रह्यो ।
