सीमान्तलाई मेलबर्नमा दोहोरो स्वर्ण

अस्ट्रेलियाको मेलबर्नमा भएको प्रतियोगितामा सीमान्तले भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा स्वर्ण जितेका हुन् ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Double gold for the marginal in Melbourne

काठमाडौं — भेट्रान टेनिस खेलाडी सीमान्त गुरुङले एनसीटीसी–आईसीएस युनिटी गेम्समा दोहोरो स्वर्ण पदक जितेका छन् ।

अस्ट्रेलियाको मेलबर्नमा भएको प्रतियोगितामा सीमान्तले भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा स्वर्ण जितेका हुन् ।

नेपाली कम्युनिटी टेनिस क्लब (एनसीटीसी) द्वारा आयोजित प्रतियोगिताको सिंगल्समा सीमान्तले अनुप गुरुङलाई हराए । डबल्समा सीमान्तले अशोक गुरुङसँग मिलेर अनुप गुरुङ र कुमार खत्रीको जोडीलाई हराएका थिए । इन्टरमिडियट सिंगल्समा दीपेश घिमिरेले भीष्म गौतमलाई हराएर उपाधि जिते ।

विजेतालाई एनसीटीसीका अध्यक्ष केशव खत्रीलगायतले पुरस्कार वितरण गरे । अध्यक्ष खत्रीले नेपाली टेनिस समुदायलाई जोड्ने लक्ष्यसहित प्रतियोगिता सुरुआत गरिएको बताए ।

आयोजक क्लबका सचिव भीष्म गौतमले भविष्यमा अझ ठूला कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको र प्रतियोगिताले नेपाली खेलकुद समुदायमा एकता र उत्कृष्टताको नयाँ सन्देश दिने विश्वास व्यक्त गरे ।

सीमान्त उदीयमान टेनिस खेलाडी शिभाली गुरुङका पिता हुन् । सिभालीले यस वर्षको अस्ट्रेलिया ओपनअन्तर्गत एसियन इलाइटको १४ वर्षको विधामा प्रतिस्पर्धा गरेका थिए ।

कान्तिपुर

Link copied successfully