पीएम क्रिकेट कप: सुदूरपश्चिमका धामी चम्किँदा ४६ रनमा समेटियो बागमती

जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्दै ४२.१ ओभरमा २ सय ९ रन बनाएको थियो । २ सय १० रनको लक्ष्य पाएको बागमती प्रदेश ४६ रनमै समेटियो ।

चैत्र २२, २०८२

अजित तिवारी

PM Cricket Cup: Far West's Dhami shines as Bagmati bowled out for 46 runs

What you should know

जनकपुर — प्रधानमन्त्री (पीएम) राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा सुदूरपश्चिम प्रदेशका बलर हेमन्त धामीले ६ ओभरमा लगालग ७ विकेट लिएपछि बागमती प्रदेश सस्तैमा समेटिएको छ । एक दिवसीय खेलमा बागमती प्रदेश ११.२ ओभरमै सबै विकेट गुमाउँदै ४६ रनमा समेटिएको छ । 

प्रतियोगिता अन्तर्गत आइतबार जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्दै ४२.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो । २ सय १० रनको लक्ष्य पाएको बागमती प्रदेशले कमजोर प्रदर्शन गर्दै ४६ रनमासबै विकेट गुमायो । 

सुदूरपश्चिमका व्याटर अभिषेक पालले ३५ बलमा ३९ रन बनाए । अर्का ओपनर व्याटर शम्भु रिजाल २८ बल खेले पनि ४ रन मात्र जोडे । नारायण जोशीले सर्वाधिक ६८ बलमा ७५ रन बनाएका थिए । अर्का व्याटरहरु दीपक बोहराले ४७ बलमा ४०, नरेश भट्टले १७ बलमा ६, किरण ठगुन्नाले ८ बलमा ५, शेर मल्लले ६, अशोक धामीले १७ र हेमन्त धामीले ५ रन बनाएका थिए । सुदूरपश्चिम प्रदेशले अतिरिक्त ११ रन जोडेको थियो । 

बागमतीका बलर प्रतिश जिसीले ९.१ ओभरमा २६ रन खर्चिँदै ४ विकेट, सन्दीप लामिछानेले पनि १० ओभरमा ३२ रन दिँदै ४ विकेट, रिजन ढकालले १० ओभर फ्याक्दै ६२ रन खर्चिँदै १ विकेट र सोनु देवकोटाले १० ओभरमा ५८ रन दिँदै १ विकेट लिएका थिए । 

२ सय १० रनको लक्ष्य पछ्याउन ब्याटिङमा उत्रिएको बागमतीका व्याटर शुभ कंसाकारबाहेक कसैले पनि दोहरो अंकको रन बनाउन सकेन् । कंसाकारले २५ बल खेल्दै ३२ रन बनाए ।

बागमती प्रदेशका प्रारम्भिक चरणका व्याटरहरु आशुतोष गहिया, पवनबहादुर थापा, इशान पाण्डे र सन्दीप लामिछाने शून्यमा नै पवेलियन फर्किए । बागमती प्रदेशका अरु ब्याटर सचिन लेखक, विवेक थापा मगर र रिजन ढकालले १–१ रन मात्र जोड्न सके । प्रतिश जिसीले ४ रन उत्तम थापा मगरले २ रन बनाएका थिए । बागमतीले अतिरिक्त २ रन मात्र पायो । 

सुदूरपश्चिम प्रदेशका बलर हेमन्त धामीले लगालग विकेट लिएपछि बागमती खेलको प्रारम्भदेखि नै संकटमा परेको थियो । धामीले ६ ओभरमा १४ रन दिएर सर्वाधिक ७ विकेट लिएका थिए । अर्का बलर शेर मल्लले ३.२ ओभरमा २ रन मात्र दिँदै ३ विकेट लिए । अर्का बलर नारायण जोशी २ ओभरमा २६ रन दिएर पनि विकेट लिन सफल भएनन् । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully