प्रतियोगिता अप्रिल १७ देखि १९ सम्म चन्द्रगिरीको पातले वन रिसोर्टबाट सुरू भई पूरा काठमाडौं घुमेर त्यहीँ गएर टुंगिने छ ।
काठमाडौँ — मञ्जुश्री ट्रेल रेसको आयोजना मञ्जुश्री ट्रेल रेस हुने भएको छ । प्रतियोगिता अप्रिल १७ देखि १९ सम्म चन्द्रगिरीको पातले वन रिसोर्टबाट सुरू भई पूरा काठमाडौं घुमेर त्यहीँ गएर टुंगिने छ । प्रतिस्पर्धामा १०० माइल्स, ८०, ५० , २० र १० किलोमिटर गरेर कुल पाँच स्पर्धा समावेश गरिएको छ ।
आयोजित पत्रकार सम्मेलनमा आयोजकले यो दौड एसियाली ट्रेल मास्टर्सको छनोट रहेको पनि जनाएको छ । यो दौड मञ्जुश्रीको धार्मिक तथा ऐतिहासिक कथासँग जोडिएको छ । यसको सम्बन्ध काठमाडौं उपत्यकाको उत्पत्तिसँग समेत रहेको छ ।
पत्रकार सम्मेलनमा मञ्जुश्री ट्रेल रेसका अध्यक्ष नारायण आचार्य, रेस डाइरेक्टर आशिष मिश्र र एम्बेस्डर रसिला तामाङसँगै बोर्ड सदस्य जीवन लामा, सासा श्रेष्ठ र दिवाकर शाहले प्रतियोगिताबारे जानकारी दिएका थिए ।
