जितपछि बार्सिलोना शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ ।
काठमाडौँ — रोबर्ट लेवनडोस्कीले खेल सकिन तीन मिनेट अगाडि गरेको आकर्षक गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एटलेटिको म्याड्रिडलाई २–१ ले हराएको छ । यो जितपछि बार्सिलोना शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ ।
एटलेटिकोले जिलिनो सिमोनीको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । पहिलो हाफमै बार्सिलोनाका लागि मार्कस रसफोर्डले बराबरी गोल फर्काए । यो जितपछि बार्सिलोनाको ३० खेलबाट ७६ अंक भएको छ । रियल ६९ अंकमा दोस्रो स्थानमा छ ।
त्यस अगाडि रियल अर्को खेलमा मार्लोकाको हातबाट २–१ ले पराजित भएको थियो । त्यसमा मार्लोकाका लागि भेडाट मुरिकीले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे । लिग तालिकाको शीर्ष चारमा भिल्लारियल ५८ र एटलेटिको ५७ अंकमा छन् ।
