शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै नेपथ्य बिजयी भएको हो ।
भैरहवा — २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शनिबार भएको खेलमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लब बिजयी भएको छ । शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै नेपथ्य बिजयी भएको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको शंकरनगरले ३३ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । शंकरनगरका लागि रोशन पाण्डेले ३८ र शुभम क्षेत्रीले २१ रन बनाए । बलिङमा नेपथ्य ज्ञानोदयका प्रवेश सारुले १० ओभरमा २९ रन खर्चेर ७ विकेट हात पारे । जय गोदारले २ र विपिन न्यौपानेले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको नेपथ्य ज्ञानोदयले ३३ ओभर ५ बलमा ७ विकेट गुमाएर १ सय ११ रन बनाउँदै जित निकाल्यो । उसको जितमा जय गोदारले अविजित ३५, नितेश ठाकुरले नटआउट १७ र युवराज सेनले १५ रनको योगदान गरे ।
बलिङका शंकरनगरका शिशिर लुईटेलले ४ विकेट लिए । खेलमा प्रवेश सारु प्लेयर अफ द म्याच भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
