शीर्षमा पीएसजीको अग्रता चार अंक

दोस्रो हाफको इन्ज्युरी समयमा गोन्जालो रामोसले तेस्रो गोल गरेपछि पीएसजीको जित निश्चित भएको थियो ।

चैत्र २१, २०८२

कान्तिपुर संवाददाता

PSG's lead at the top is four points

काठमाडौँ — ओसमन डेम्बेलेको दुई उत्कृष्ट गोलको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेल लिग वानमा शुक्रबार टुलोजलाई ३–१ ले हराएको छ र यससँगै शीर्षमा चार अंकका अग्रता लिएको छ ।

डेम्बेलेले २३ र ३३ मिनेटमा गोल गरे । त्यसपछि टुलोजका लागि रसमस निकोलसेनले २७ औं मिनेटमा एक गोल फर्काए र खेल रोमाञ्चक भएको थियो । दोस्रो हाफको इन्ज्युरी समयमा गोन्जालो रामोसले तेस्रो गोल गरेपछि पीएसजीको जित निश्चित भएको थियो ।

यो जितपछि पीएसजीको २७ खेलबाट ६३ अंक भएको छ । उसको पछाडि लेन्स समान खेलबाट ५९ अंकमा छ । टुलोज भने ३७ अंकमा नवौं स्थानमा रह्यो ।

कान्तिपुर

Link copied successfully