कुस्ती टोली किर्गिस्तान जाँदै

अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४ तारिखसम्म हुने सिनियर एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगितामा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

Wrestling team heading to Kyrgyzstan

काठमाडौँ — नेपाली कुस्ती खेलाडीले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४ तारिखसम्म हुने सिनियर एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगितामा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

दुवै प्रतियोगितामा पुरुष ७४ केजीमा सुरेश चुनारा तथा ९७ केजीमा त्रिलोकीप्रसाद यादवले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सुरेशले गत वर्ष भारतमा भएको एसियाली वेल्टमा कांस्य जितेका थिए ।

प्रशिक्षकमा मुम्ताज अली इद्रिसी रहेका छन् । खेलाडीसहितको ३ सदस्यीय टोली चैत २४ गते किर्गिस्तान जाने छन् ।

कान्तिपुर

Link copied successfully