चार वर्षदेखि जेसिजले २ लाख राशिको ‘जेसिज कप’ फुटबल प्रतियोगिता गर्दै आएको छ । चैत २३ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने फुटबल संयोजक शुभम राजभण्डारीले जानकारी दिए ।
बागलुङ — जेसिज जिल्ला शाखा बागलुङको आयोजनामा चौथो संस्करणको जेसिज कप फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश स्तरमा खुला प्रतियोगिताका रूपमा जेसिज कप आयोजना गर्न लागिएको बागलुङ जेसिज अध्यक्ष अन्जिला श्रेष्ठले जानकारी दिइन् ।
चार वर्षदेखि जेसिजले २ लाख राशिको ‘जेसिज कप’ फुटबल प्रतियोगिता गर्दै आएको छ । चैत २३ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने फुटबल संयोजक शुभम राजभण्डारीले जानकारी दिए ।
प्रतियोगितामा १२ टिम सहभागी हुने जनाइएको छ । खेलमा सेना र प्रहरीको टिम पनि सहभागी बन्दैछ ।
जेसिजले सामाजिक क्षेत्रमा युवा सशक्तिकरण, सरसफाइ, हरित समाज निर्माणजस्ता काममा अगुवाइ गर्दै आएको छ । फुटबलमा प्रथम हुनेले २ लाख, द्वितीयले १ लाख नगद पुरस्कार पाउनेछन् । त्यसबाहेक उत्कृष्ट खेलाडी र टिमलाई पनि पुरस्कृत गरिने भएको छ । नेपाल फुटबल संघ एन्फाबाट समेत अनुमति लिएर खेल संचालन गरिन लागेको राजभण्डारीले जानकारी दिए ।