रूपन्देही सुपरलिग : बुटवल–११ आठ विजेटले विजयी

बुटवल–११ ले बुटवल युथ क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै विजयी भएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर व्याटिङ गरेको बुटवल युथले १६ ओभर ५ बलमा सबै विकेट गुमाएर ६७ रन बनाएको थियो ।

चैत्र १८, २०८२

माधव ढुंगाना

Rupandehi Super League: Butwal-11 wins by eight wickets

भैरहवा — २४ औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत 'बी’ डिभिजनको बुधबारको खेलमा बुटवल–११ विजयी भएको छ ।

बुटवल–११ ले बुटवल युथ क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै विजयी भएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर व्याटिङ गरेको बुटवल युथले १६ ओभर ५ बलमा सबै विकेट गुमाएर ६७ रन बनाएको थियो । उसलाई सस्तैमा रोक्न बुटवल–११ का थानेश्वर भट्टराईले ४ ओभर ५ बल बलिङ गर्दै २० रन खर्चेर सर्वाधिक ६ विकेट लिए ।

एजाज अहमदले ३ तथा विभेष खत्रीले १ विकेट हात पारे । बुटवल युथका हिलसन क्षेत्रीले १९ र कृष्ण पटेलले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जवाफी ब्याटिङ गरेको बुटवल–११ ले १७ ओभर ४ बलमा २ विकेट गुमाएर ६८ रन बनाउँदै सहजै विजयी बन्यो । जसमा, सुजित श्रेष्ठले २८ र आकाश अर्यालले २५ रनको योगदान गरे । बलिङमा बुटवल युथका हिलसन क्षेत्री र लक्ष्मण केसीले १–१ विकेट लिए । खेलमा थानेश्वर भट्टराई प्लेयर अफ द म्याच भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

मंगलबारदेखि सुरु भएको प्रतियोगितामा 'ए’ र 'बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully