बनेपाको चण्डेश्वरीमा हुने एनएनआईपीए अवार्डको तयारी पूरा

अवार्ड कार्यक्रम बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुनेछ । अवार्ड कार्यक्रम काठमाडौं उपत्यकाबाहिर पहिलो पटक हुन लागेको हो ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Preparations for NNIPA Awards to be held in Chandeshwari, Banepa complete

काठमाडौँ — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ को तयारी पूरा भएको छ । अवार्ड कार्यक्रम बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुनेछ । अवार्ड कार्यक्रम काठमाडौं उपत्यकाबाहिर पहिलो पटक हुन लागेको हो ।

आयोजक खेलाडी संघका महासचिव शिवसुन्दर गोथेले तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

स्थानीय आयोजक बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले अवार्डमा सहभागी हुने सबैको स्वागतका लागि आफ्नो नगर तयार रहेको बताउँदै अवार्ड आयोजना गर्न अवसर दिएकोमा खेलाडी संघलाई धन्यवाद दिए ।

विभिन्न २६ खेलका त्यति नै संख्यामा खेलाडीलाई पुरस्कृत गरिने संघका सचिव मन्डेकाजी श्रेष्ठले बताए । फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, जुडो, ब्याडमिन्टन, आर्चरी, फेन्सिङ, ट्रायथलन, पौडी, कुस्ती, बास्केटबल, कबड्डी, कराते, भलिबल, तेक्वान्दो, जिम्न्यास्टिक, लनटेनिस, हक्की, टेबलटेनिस, बक्सिङ, स्की, क्यानोइङ र साइक्लिङ खेलका खेलाडीलाई जनही १५ हजारसहित वर्ष खेलाडीको रूपमा पुरस्कृत गरिने छ ।

त्यसबाट १–१ पुरुष/महिला सर्वोत्कृष्ट खेलाडी घोषणा गरिनेछ । उनीहरूले जनही १ लाख पाउनेछन् । प्रतिभाशाली खेलाडीलाई जनही ५० हजार, एकजना पाका खेल व्यक्तित्वलाई गजराज जोशी आदर्श खेल व्यक्तित्व र एकजना खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट सम्मान गरिनेछ । उनीहरूले जनही ३५ हजार पाउनेछन् । वर्ष उत्कृष्ट पारा खेलाडीबाट एक खेलाडीलाई १५ हजारसहित सम्मान गरिने छ ।

कान्तिपुर

Link copied successfully