प्लेबक्स र कीर्तिपुर बास्केटबल विजयी

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार प्ले–बक्सले रोयल स्पोर्ट्सलाई ८८–७२ स्कोरले पराजित गरेको हो । प्ले–बक्सले क्वाटरहरूमा १९–१०, २४–२०, २०–१७, २५–२५ स्कोर गरेको थियो ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Playbox and Kirtipur Basketball win

काठमाडौँ — हिमालयन जाभा बास्केटबल लिगमा बुधबार प्ले–बक्स एरेना र कीर्तिपुर बास्केटबल क्लब विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार प्ले–बक्सले रोयल स्पोर्ट्सलाई ८८–७२ स्कोरले पराजित गरेको हो । प्ले–बक्सले क्वाटरहरूमा १९–१०, २४–२०, २०–१७, २५–२५ स्कोर गरेको थियो ।

प्ले–बक्सका पुस्कल छन्त्यालले ३२ स्कोर जोडे । सोही टिममा आङफूर्वा शेर्पा प्लेयर अफ द म्याच घोषित भए । लगातार दोस्रो जित हात पारेको प्ले–बक्स १२ खेलबाट १४ अंकसहित छैटौं स्थानमा छ । ११ औं हार बेहोरेको रोयलको १३ अंक छ ।

अघिल्लो राति सम्पन्न खेलमा कीर्तिपुरले सोलो बास्केटबल क्लबलाई ८८–६७ स्कोरले हरायो ।

कीर्तिपुरका इनाम महजन प्लेयर अफ द म्याच घोषित भए । कीर्तिपुरको यो तेस्रो जित हो । १२ खेलबाट १५ अंक जोडेको कीर्तिपुर पाँचौ स्थानमा छ ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

कान्तिपुर

Link copied successfully