नेपाल फेरि सेमिफाइनलमै रोकियो

माल्दिभ्सको मालेस्थित नेसनल स्टेडियममा भएको सेमिफाइनलमा बंगलादेशले नेपाललाई १–० ले पराजित गरेको हो ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल यू-२० साफ च्याम्पिनयसिप २०२६ मा बुधबार सेमिफाइनलमै रोकिएको छ । माल्दिभ्सको मालेस्थित नेसनल स्टेडियममा भएको सेमिफाइनलमा बंगलादेशले नेपाललाई १–० ले पराजित गरेको हो ।

जितसँगै बंगलादेश लगातार तेस्रोपल्ट फाइनल पुगेको छ । नेपाल सन् २०२५ को सेमिफाइनलमा पनि बंगलादेशकै हातबाट पराजित भएको थियो । बंगलादेशले यसपल्ट आत्मसात् गरेको जितमा मोहम्मद मानिकले ११ औं मिनेटमा गोल गरे ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल बुधबार नै डिफेन्डिङ च्याम्पियन भारत र भुटानबीच हुनेछ ।

कान्तिपुर

Link copied successfully