कर्मचारी खेलकुद जेठ पहिला साता

प्रतियोगितामा फुटसल, ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल गरी ४ खेलमा प्रतिस्पर्धा हुने आयोजक इशानका अध्यक्ष रामविनय श्रेष्ठले जनाएका छन् ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Employee Sports First Week of Jestha

काठमाडौँ — कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा १५ औं कर्मचारी खेलकुद प्रतियोगिता जेठ ४ देखि हुने भएको छ ।

प्रतियोगितामा फुटसल, ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल गरी ४ खेलमा प्रतिस्पर्धा हुने आयोजक इशानका अध्यक्ष रामविनय श्रेष्ठले जनाएका छन् । फुटसलमा २, ब्याडमिन्टनमा ७, टेबलटेनिसमा ५ र बुद्धिचालमा १ गरी १५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

जेठ १० गतेसम्म चल्ने प्रतियोगिताका खेल काठमाडौंमै हुनेछ । अध्यक्ष श्रेष्ठका अनुसार पदक विजेतालाई नगदसहित ट्रफी प्रदान गरिने छ । सरकारको पूर्ण तथा आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्था र निजी क्षेत्रका संगठित संस्था (बैंक वित्तीय संस्था, एयरलाइन्स, परिषद्, स्थानीय निकाय, दूरसञ्चार सेवा प्रदायक कम्पनी, बिमा सेवा) मा कार्यरत कर्मचारीले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् ।

कान्तिपुर

Link copied successfully