लाओसविरुद्ध नेपालको यो लगातार दोस्रो हार हो । भियानटानमा भएको यसपल्टको खेलमा लाओसका लागि बोनफाचान बोकङले ४८ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो ।
काठमाडौँ — एसियाकप छनोट तेस्रो चरणको समूह ‘एफ' मा नेपालको खराव प्रदर्शन मंगलबार पनि जारी रह्यो । तेस्रो चरणका आफ्नो अन्तिम खेलमा नेपाल लाओसको हातबाट निराशाजनक रूपमा १–० ले पराजित रहेको हो ।
लाओसविरुद्ध नेपालको यो लगातार दोस्रो हार हो । भियानटानमा भएको यसपल्टको खेलमा लाओसका लागि बोनफाचान बोकङले ४८ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो ।
यसै समूहको अर्को खेलमा भियतनामले मलेसियालाई ३–१ ले हरायो । यो नतिजापछि भियतनाम समूहको शीर्ष स्थानमा कायम रह्यो । यसअघि नै भियतनाम एसियाकपका लागि छनोट भइसकेको छ ।
नेपाल भने तीन अंकमै सीमित रहेर चार टिममध्ये अन्तिम स्थानमा रह्यो । लाओसको भने छ अंकमा तेस्रो स्थानमा रह्यो । नेपालको तीन अंक पनि मलेसियाले अयोग्य खेलाडी खेलाएपछि उसलाई कारबाही गरेपछि प्राप्त भएको हो ।