अञ्‍जनको ‘नेक्स्ट जेन बुट क्याम्प’ हुने

कार्यक्रममा ८ देखि १६ वर्ष उमेर समूहका युवा खेलाडीको प्रतिभालाई विकास गर्न प्रशिक्षण दिइने छ

चैत्र १७, २०८२

कान्तिपुर संवाददाता

Anjan's 'Next Gen Boot Camp' to be held

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी अञ्‍जन विष्टको ट्रेनिङ सेन्टरले ‘नेक्स्ट जेन बुट क्याम्प’ आयोजना गर्ने भएको छ । कार्यक्रम दस दिन चल्नेछ र यसको मुख्य प्रायोजक आर्क्स ग्रुप रहेको छ । 

सेन्टरले मंगलबार आयोजना गरेको प्रेस सम्मेलनमा दिइएको जानकारीअनुसार कार्यक्रममा ८ देखि १६ वर्ष उमेर समूहका युवा खेलाडीको प्रतिभालाई विकास गर्न प्रशिक्षण दिइने छ । क्याम्प चैत्र २१ गतेदेखि ३० सम्म ललितपुरको बुद्धिविकास फुटबल मैदानमा हुनेछ । 

प्रशिक्षण हरेक दिन बिहान ८ बजेदेखि १० बजेसम्म चल्नेछ र त्यसमा सहभागीले प्रशिक्षकहरू सनोज श्रेष्ठ, प्रबिन श्रेष्ठ, निशानभक्त श्रेष्ठ, रूपेश केसी र विदेशी प्रशिक्षक एरिक बोल्वे म्यूटुबाट प्रशिक्षक पाउने छन् । 

तालिममा सहभागीले राष्ट्रिय खेलाडीसँग भेटेर अनुभव आदानप्रदान गर्ने अवसर पनि पाउने छन् । पत्रकार सम्मेलनको अवसरमा विष्टले यस कार्यत्रमको उद्देश्य नेपाली फुटबल विकास नै रहेको बताए ।

कान्तिपुर

Link copied successfully