१ सय ३० रनको लक्ष्य पाएको मधेशले २४.५ ओभरमा नै ५ विकेटको क्षतिमा १ सय ३१ रन बनाउँदै जित हात पारेको हो ।
What you should know
जनकपुर — प्रधानमन्त्री(पीएम) क्रिकेट पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।
जनकपुरस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुरुमा ब्याटिङ गर्दै कर्णाली प्रदेशले १ सय २९ रन मात्र बनाएको थियो ।
१ सय ३० रनको लक्ष्य पाएको मधेशले २४.५ ओभरमा नै ५ विकेटको क्षतिमा १ सय ३१ रन बनाउँदै जित हात पारेको हो । मधेश प्रदेशका ओपनर ब्याटर निरजकुमार यादव र मयन यादवको सुरुवाती साझेदारी राम्रो बनेको थियो । ब्याटर मयन २२ बलमा नै २४ रन जोडेका थिए । ७ ओभरमा ५० रन जोडिसकेको मधेश प्रदेशका ब्याटर मयन ७.१ बलमा क्याच आउट भएका थिए ।
मधेशका व्याटरहरु निरजकुमार यादवले ५९ वलमा ३८ रन, कप्तान अनिलकुमार साह १ रन, पवन सर्राफले २६ बलमा १७ रन, अरनिको यादवले २८ बलमा ३२ रन, रुपेशकुमार सिंहले ३ बलमा ४ रन बनाएका थिए । आदिल आलम शून्य रनमै आउट भएका थिए । मधेश प्रदेशको जितमा १५ अतिरिक्त रनसमेत जोडिएको छ ।
कर्णाली प्रदेशका बलर दिपेन्द्र रावतले ८ ओभरमा ४१ रन दिँदै ३ विकेट लिएका थिए । अर्का बलर दिवान पुनले ७ ओभरमा २० रन दिँदै १ विकेट र प्रकाश जैसीले २.५ ओभारमा २३ रन खर्चिँद्दै १ विकेट लिएका थिए । कर्णाली प्रदेशले ३१.१ ओभरमा नै सबै विकेट गुमाई १ सय २९ रन बनाएको थियो ।
कर्णाली प्रदेशका व्याटर रविन्द्रजंग शाहीले ५१ बलमा ४० रन बनाएका थिए । व्याटरहरु सुनिल धमलाले ४ बलमा १ रन, अविन्द्र धर्ती मगरले शून्य रन, विपिन रावलले २९ बलमा १८ रन, विपिनविक्रम शाहीले ७ बलमा २ रन, दिनेश अधिकारीले १८ बलमा १८ रन, दिवान पुनले १७ बलमा १२ रन र प्रकाश जोशीले १८ बलमा ३२ रन बनाएका थिए । कर्णाली प्रदेशले ९ अतिरिक्त रनसमेत जोडेको थियो ।
जनकपुरका बलर अभिषेक बैठाले १० ओभरमा ३४ रन दिँदै सर्वाधिक ४ विकेट लिएका थिए । अर्का बलरहरु बिशाल पटेलले ५ ओभरमा २६ रन दिँदै २ विकेट, अरनिको यादवले १.२ ओभारमा २ विकेट र प्रदीप पासवानले ६ ओभरमा २८ रन खर्चिँदै १ विकेट लिएका थिए ।
प्रतियोगिताअन्तर्गत मधेश प्रदेशको पहिलो खेल वर्षाले प्रभावित बनेपछि त्यसपछिका तीन खेल लगातार जितेको छ ।
