टोटनहम अहिले रेलिगेसनबाट बच्न संघर्षरत रहेको छ र यसकै दबाबबीच क्रोएसियाली प्रशिक्षकले क्लब छाडेका हुन् ।
काठमाडौँ — प्रशिक्षक इगोर टुडोरले आइतबार इंग्लिस प्रिमियर लिग क्लब टोटनहम छाडेका छन् । टोटनहम अहिले रेलिगेसनबाट बच्न संघर्षरत रहेको छ र यसकै दबाबबीच क्रोएसियाली प्रशिक्षकले क्लब छाडेका हुन् ।
उनी क्लबमा ४४ दिन मात्र टिके । टोटनहम सन् १९७७ यता पहिलो रेलिगेसनबाट बच्न प्रयासरत छ । फेब्रवरीमा थोमस फ्रान्क बर्खास्तीमा परेपछि टुडोरलाई नियुक्त गरिएको हो । तर, उनी आएयता पनि टिमको प्रदर्शनमा सुधार आएको थिएन् ।
टोटनहम आफ्नो पछिल्लो खेलमा रेलिगेसनबाट बच्न संघर्षरत अर्को क्लब नटिंघम फरेस्टसँग हारेपछि अझ दबाबमा आएको थियो । अहिले टोटनहम १७ औं स्थानमा छ र यो रेलिगेसन क्षेत्रबाट एक अंक मात्र अगाडि हो । क्लबले लिगका पछिल्ला १३ खेलमा स्पष्ट जित निकाल्न सकेको छैन ।
