मदन गिरी, सरोज
काठमाडौँ — नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोस्रो अधिवेशनले केशव पुरीलाई अध्यक्षमा निरन्तरता दिएर १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
प्रकाश खड्गी र रमेशकुमार बखती उपाध्यक्ष, राजेश प्रजापति सचिव र उमेश नकर्मी कोषाध्यक्षमा चुनिए । मदन गिरी, सरोज बाँस्कोटा, रामचन्द्र व्यञ्जनकार, दिनेशकुमार बाँडा, भाष्कर श्रेष्ठ, सानुबाबु महर्जन, कविराज माली, राजेन्द्र खड्गी, रामकृष्ण श्रेष्ठ, काजल श्रेष्ठ, किशोर श्रेष्ठ र उषा गुरुङ सदस्यमा चुनिए ।
सुमनविक्रम पाण्डे, हरिहर ढुंगाना र अंशुकिरण शाही उपाध्यक्ष तथा श्याम तजले सदस्यमा मनोनीत भए । किरण थापा, डा. रामहरि लामिछाने, दीपक मल्होत्रा र कुमार थापालाई सल्लाहकार समितिमा चयन गरिएको छ ।
नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृत प्रचण्ड प्रकाश प्रधानले प्रमाण पत्र प्रदान गरे । त्यसअघि अधिवेशनको बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए ।
