सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश

प्रतियोगिताको समूह बी को शनिबार भएको अन्तिम लिग खेलमा भारत र बंगलादेशले १–१ को बराबरी खेले । यस नतिजासँगै दुवै टिम समान ४ अंकमा रहे । भारत गोल अन्तरको आधारमा समूह विजेता बनेको हो ।

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

Nepal's opponent in the semi-finals is Bangladesh.

काठमाडौँ — नेपालले मादिल्भ्सको मालेमा भइरहेको यू-२० साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेशको सामना गर्ने भएको छ । अर्को सेमिफाइनलमा भारत र भुटान भिड्ने भएका छन् । दुवै सेमिफाइनल बुधबार हुनेछन् ।

प्रतियोगिताको समूह बी को शनिबार भएको अन्तिम लिग खेलमा भारत र बंगलादेशले १–१ को बराबरी खेले । यस नतिजासँगै दुवै टिम समान ४ अंकमा रहे । भारत गोल अन्तरको आधारमा समूह विजेता बनेको हो ।

यसअघि नेपाल अपराजित रहेर समूह ए विजेता बनेको थियो । यसक्रममा नेपालले तीन खेलबाट सात अंक बटुलेको थियो । यही समूहबाट भुटान दोस्रो स्थानमा रहेर अन्तिम चारमा पुगेको हो ।

मालेको नेसनल स्टेडियममा भएको खेलमा भारतले विजय यादवको गोलले १६ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफकै इन्ज्युरी समयमा रियादले बंगलादेशका लागि बराबरी गोल फर्काए ।

कान्तिपुर

Link copied successfully