नेपाली टिम लाओसतर्फ

दशरथ रंगशालामा हुनु पर्ने यो खेल लाओसमा हुन लागेको हो । दशरथ रंगशाला फिफा र एएफसीको आधिकारिक खेलका लागि अयोग्य भएपछि खेल सरेर लाओस पुगेको हो ।

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

Nepali team heading to Laos

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिम शनिबार लाओसतर्फ प्रस्थान गरेको छ । टिम नयाँ दिल्ली तथा बैंकक भएर लाओस पुग्नेछ र त्यहाँ एसियाकप छनोट तेस्रो चरणको आफ्नो अन्तिम खेल मंगलबार खेल्नेछ ।

दशरथ रंगशालामा हुनु पर्ने यो खेल लाओसमा हुन लागेको हो । दशरथ रंगशाला फिफा र एएफसीको आधिकारिक खेलका लागि अयोग्य भएपछि खेल सरेर लाओस पुगेको हो ।

यसअघि नेपाल र हङकङबीच दशरथ रंगाशलामा हुनु पर्ने खेल पनि रद्द भएको थियो । नेपाल छनोटको समूह एफ को अन्तिम स्थानमा रहेको छ । मलेसियामाथि अयोग्य खेलाडी खेलाडी खेलाएको आरोपमा कारबाही भएपछि नेपालको खतामा ३ अंक जोडिएको हो ।

लाओसको पनि ३ अंक मात्र छ र यो उसले नेपालविरुद्धको पहिलो लेगको खेल जितेर हात पारेको हो । यसपल्ट नेपालसामु लाओसविरुद्ध जित निकालेर त्यसको बदला लिने अवसर हुनेछ ।

कान्तिपुर

Link copied successfully