कोहलपुर गोल्डकपको चौथो संस्करणको घोषणा

आगामी वैशाख १९ देखि २६ गतेसम्म बाँकेको कोहलपुर–१३ स्थित तेह्रबिघा खेल मैदानमा यो प्रतियोगिता आयोजना हुने भएको हो ।

चैत्र १४, २०८२

रुपा गहतराज

Announcement of the fourth edition of Kohalpur Gold Cup

नेपालगञ्ज — पश्चिम नेपालको प्रतिष्ठित फुटबल प्रतियोगिता कोहलपुर गोल्डकपको चौथो संस्करणको घोषणा गरिएको छ।

आगामी वैशाख १९ देखि २६ गतेसम्म बाँकेको कोहलपुर–१३ स्थित तेह्रबिघा खेल मैदानमा यो प्रतियोगिता आयोजना हुने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले क्षेत्रीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने मञ्च प्रदान गर्न लागिएको जानकारी दिएको हो।

आयोजक समितिका निर्देशक कर्णबहादुर बस्नेतले यस वर्ष प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहने जानकारी दिए ।  प्रतियोगितामा ‘ए’ डिभिजनका ३ वटा क्लब, २ वटा विदेशी टिम, मोफसलका २ वटा क्लब र १ आयोजक टिम सहभागी हुनेछन्।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully