बास्केटबल लिग : हाउन्ड्सको जित कायमै

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार हाउन्ड्सले सोलो बास्केटबल क्लबलाई १०२–६९ स्कोरले पराजित गरेको हो । सुरुआती तीन खेलमा पराजित भएपछि हाउन्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै जित पाएको हो ।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

Basketball League: Hounds continue to win

काठमाडौँ — केभीसी हाउन्ड्सले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेनएबीएल) विजय यात्रा राख्दै लगातार छैटौं पाएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार हाउन्ड्सले सोलो बास्केटबल क्लबलाई १०२–६९ स्कोरले पराजित गरेको हो । सुरुआती तीन खेलमा पराजित भएपछि हाउन्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै जित पाएको हो ।

पहिलो क्वाटर सोलोले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । तर हाउन्ड्स दोस्रो क्वाटरमा खेलमा फर्कियो र दोस्रो क्वाटर २८–१९ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ५०–४४ ले अग्रता बनायो । हाउन्ड्सले तेस्रो क्वाटर २९–१४ र चौथो क्वाटर २६–११ ले अग्रता बनाएर फराकिलो जित पायो । ९ खेलपछि १५ अंक जोडेर हाउन्ड्स चौथो स्थानमा कायम छ । हाउन्ड्सका उजेन नोर्बु गुरुङ खेलको म्यान अफ द म्याच घोषित भए ।

सोलोको भने यो सातौं हार हो । सोलो ९ खेलबाट ११ अंकसहित पाँचौ स्थानमा छ ।

अघिल्लो दिन गोल्डेनगेट बास्केटबल क्लबले कीर्तिपुरलाई ८७–६२ ले पराजित गरेको छ । गोल्डेनगेटका अजय कुशवाह प्लेयर अफ द म्याच घोषित भए ।

कान्तिपुर

Link copied successfully