त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार टाइम्सले रोयल स्पोर्ट्सलाई ७८–६७ ले हरायो । टाइम्स ९ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लेको छ ।
काठमाडौँ — हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) मा टाइम्स बास्केटबल क्लबले लगातार आठौं जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार टाइम्सले रोयल स्पोर्ट्सलाई ७८–६७ ले हरायो । टाइम्स ९ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लेको छ । टाइम्समा पेम्बा शेर्पा प्लेयर अफ द म्याच चुनिए ।
बुधबार त्रिभुवन आर्मी क्लबले सोलो बास्केटबल क्लबलाई ८८–७० स्कोरले हराएको छ । आर्मीसँग ८ खेलबाट १५ अंक छ । आर्मीका सिमोन गुरुङले २२ अंक स्कोर गरे ।
