जुनियर टेनिस टोली कोलम्बो गयो

मार्च २९ देखि अप्रिल १० सम्म हुने प्रतियोगितामा सर्किट १ र २ गरी छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवैमा नेपालको सहभागिता रहने छ ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

Junior tennis team leaves for Colombo

काठमाडौँ — आईटीएफ डेभलपमेन्ट च्याम्पियनसिप (फाइनल चरण) मा भाग लिन नेपाली जुनियर टेनिस टोली बिहीबार श्रीलंकाको कोलम्बो गएको छ । मार्च २९ देखि अप्रिल १० सम्म हुने प्रतियोगितामा सर्किट १ र २ गरी छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवैमा नेपालको सहभागिता रहने छ ।

ब्वाइजमा विश्वविशेष डल्लाकोटी र अर्यांशराज पौडेल तथा महिलामा सारा पन्त र एरा खत्रीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सन्तोष खत्री छन् । सन्तोष श्रीलंकामै छन् ।

प्रतियोगितामा एसियाका १५ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघले जनाएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबारै बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully