आईपीएलको प्रत्यक्ष प्रसारणमा लेमिनार टायल्स र मंगलम् पाइप प्रायोजक

सन् २००८ देखि भएको आईपीएलको १९ औं संस्करण शनिबार सुरु हुँदै छ ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

Laminar Tiles and Mangalam Pipes sponsor IPL live broadcast

काठमाडौँ — नेपाली टेलिभिजन च्यानल कान्तिपुर म्याक्सले गर्ने इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रत्यक्ष प्रसारणको पावर्ड–बाइमा लेमिनार टायल्स एन्ड मंगलम् पाइप जोडिएका छन् ।

सन् २००८ देखि भएको आईपीएलको १९ औं संस्करण शनिबार सुरु हुँदै छ । पहिलो दिन डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरुले एम चिन्नास्वामी स्टेडियममा सनराइजर्स हैदराबादको सामना गर्नेछ ।

कान्तिपुर म्याक्सले लगातार दोस्रो वर्ष विश्व क्रिकेटको सबैभन्दा ठूलो र ग्ल्यामर्स लिगको प्रत्यक्ष प्रसारण गर्न लागेको हो । कान्तिपुर म्याक्स वान र टु च्यानलमार्फत आईपीएलको सम्पूर्ण खेल नेपालीको घर–घरमा पुग्नेछ । गत वर्ष पनि कान्तिपुर म्याक्सले आईपीएलका सबै ७४ खेल प्रत्यक्ष प्रसारण गरेको थियो ।  

आईपीएल प्रत्यक्ष प्रसारणको ब्रोडकास्टिङ टाइटल पार्टनरमा एक्स्ट्रिम इनर्जी रहेको छ । त्यसका लागि प्रायोजन सम्झौता भइसकेको छ ।

कान्तिपुर मिडिया ग्रुपले प्रत्यक्ष प्रसारणका लागि पावर्ड–बाइमा लेमिनार टायल्स र मंगलम् पाइपसँग सम्झौता गरेको छ । कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले लेमिनारको तर्फबाट लुम्बिनी सेरामिक्सका प्रमुख श्याम खेतान र मंगलम् इण्डस्ट्रिजका सीईओ अभिनव चुरिवालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

लुम्बिनी सेरामिक्सका प्रमुख खेतानले आफू विगतमा क्रिकेटसँग जोडिएका कारण कान्तिपुरमार्फत आइपीएलमा सहकार्य गरेको बताएका छन् ।

Laminar Tiles and Mangalam Pipes sponsor IPL live broadcast

मंगलम इण्डस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत चुरिवालले १७ वर्षदेखि क्रिकेटमा आफ्नो कम्पनीले सहकार्य गर्दै आएको र अहिले त्यसलाई निरन्तरता दिन लागिएको बताए ।

कान्तिपुर म्याक्सले विश्वका ठूला खेलकुद इभेन्ट प्रत्यक्ष प्रसारण गर्दै आएको छ । यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) प्रत्यक्ष प्रसारण भएको कान्तिपुर म्याक्समा हाल इंग्लिस प्रिमियर लिग (ईपीएल) का खेल प्रत्यक्ष प्रसारण भइरहेको छ । विम्बल्डन टेनिससहित नेपालका फुटबल, फुटसल, भलिबल लिगहरू कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गरेको थियो ।

हालैमात्र भारत र श्रीलंकामा भएको ट्वान्टी–२० विश्वकप कान्तिरपुर म्याक्सले नेपाली र इंग्लिस कमेन्ट्रीका साथ प्रत्यक्ष प्रसारण गरेको थियो । आईपीएल भने इंग्लिस कमेन्ट्रीमा मात्र आउने स्वाँरले जनाए ।

कान्तिपुर

Link copied successfully