बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा घले हार्वेष्टिङले बागलुङको भीमापोखरा खेलकुद विकास समितिलाई सोझो तीन सेटमा पराजित गरेर सेमिफाइनल यात्रा तय गरेको हो ।
बागलुङ — चैतेदसैं मेलाको अवसरमा यहाँ आयोजित खुला पुरुष भलिबल प्रतियोगितामा घले हार्वेस्टिङ अष्ट्रेलिया सेमिफाइनल प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा घले हार्वेष्टिङले बागलुङको भीमापोखरा खेलकुद विकास समितिलाई सोझो तीन सेटमा पराजित गरेर सेमिफाइनल यात्रा तय गरेको हो । बिहीबार भएको खेलमा घलेले २५–१०, २५–१४ र २७–२५ अंकले जित निकालेको हो ।
त्यसअघि बागलुङ कालिका उद्यानमा भएको खेलमा गौंडाकोट युथ क्लबलाई पराजित गरेर रायडाँडा खेलकुद विकास समिति क्वाटरफाइनल प्रवेश गरेको छ । रायडाँडाले गौंडाकोटलाई २६–२४, २६–२४, १८–२५ र २५–१४ को सेटमा जित निकालेको हो । रायडाँडाले सेमिफाइनल यात्राकालागि बागलुङ नगर खेलकुद विकास समितिसँग खेल्नेछ ।
लिककम नकआउट प्रतियोगितामा खेलाइएको खेल जित्नेले ३ लाख नगद पुरस्कार पाउने आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए । खेलमा ८ टिम सहभागी छन् । खेल शनिबारसम्म चल्ने छ ।
