बटौली कपः गोलपार्क र एमएसएमटी सफल

बुटवल गोलपार्कले जेआर क्रिकेट एकेडेमीमाथि ३७ रन र एमएसएमटीले बुद्ध क्रिकेट क्लबमाथि ३१ रनको जित निकालेको हो ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

Batauli Cup: Goalpark and MSMT successful

What you should know

भैरहवा — प्रथम बटौली कप टी–२० क्रिकेट अन्तर्गत बिहीबार बुटवल गोलपार्क क्रिकेट क्लब र एमएसएमटी क्रिकेट एकेडेमी विजयी भएका छन् ।

बुटवल गोलपार्कले जेआर क्रिकेट एकेडेमीमाथि ३७ रन र एमएसएमटीले बुद्ध क्रिकेट क्लबमाथि ३१ रनको जित निकालेको हो । 

सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको बुटवल गोलपार्कले ९ विकेट गुमाएर १ सय ३० रन बनायो । उसका लागि सुदीप अर्यालले २६, दीपेश रोकाले २५, सन्दीप खत्रीले २२, कलम अलीले १६ र ऋषभ बेल्बासेले १२ रन बनाए । जेआरका अनमोल श्रीश थापा, शिव कुमार र विष्णु भुसालले २–२ तथा कृष्ण पन्थीले १ विकेट लिए । 

जवाफी ब्याटिङमा जेआरले ८ विकेट गुमाएर ९३ रन मात्रै बनायो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा बुटवल गोलपार्कका सुप्रिम कँडेलले २ तथा सागर गैरे, सुदीप अर्याल र कलम अलीले १–१ विकेट लिए । जेआरका शिव कुमारले अविजित ४८, विशाल भुसालले १३ र युशिल भुसालले १२ रन बनाए । खेलमा सुदीप अर्याल प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको एमएसएमटीले ६ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल बनायो । उसका लागि राहुल यादवले ५८, आर्यन अग्रहरीले ५२, अर्मन खानले अविजित २३, प्रद्युमन निषादले २० र कमरन खानले १५ रनको योगदान गरे । बलिङमा बुद्धका हरिकेष मौर्यले ३, शैलेन्द्र यादवले २ तथा अजय त्रिपाठीले १ विकेट लिए । 

प्रतिउत्तरमा बुद्धले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५३ रन बनायो । उसका लागि अजित यादवले ७१, शैलेन्द्र यादवले २२ र सफिउल्लाह मुसलमानले ११ रन बनाए । बलिङमा एमएसएमटीका अंश सिंहले ५, रितिक कुमारले २ तथा प्रधुमन निषादले १ विकेट लिए । खेलमा अंश सिंह प्लेयर अफ द म्याच भई १ हजार रुपैयाँ प्राप्त गरे । 

कान्तिपुर

Link copied successfully