नेपाली एथलेटिक्स टोली भारत जाने

मार्च २८ मा हुने प्रतियोगितामा पुरुषतर्फ शिवराज पार्की, सुशील केसी, आदेश यादव, अरुण महतो थारु, प्रेम सुनार, प्रकाश दनुवार र सन्जिव नेपाली छन् ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Nepali athletics team to leave for India

काठमाडौँ — तेस्रो खुला रिले च्याम्पियनसिपमा भाग लिन ११ खेलाडीसहित १४ सदस्यीय नेपाली एथलेटिक्स टोली बिहीबार भारतको चण्डीगढ जाने भएको छ ।

मार्च २८ मा हुने प्रतियोगितामा पुरुषतर्फ शिवराज पार्की, सुशील केसी, आदेश यादव, अरुण महतो थारु, प्रेम सुनार, प्रकाश दनुवार र सन्जिव नेपाली छन् । महिलामा सीमा चौधरी, अनिशा बिक, सुमित्राकुमारी चौधरी र भगिरथी चौधरी छन् । नेपालले पुरुष, महिला र मिक्सतर्फ ४ गुणा १ सय तथा ४ गुणा ४ सय मिटर स्पर्धामा प्रतिस्पर्धा गर्नेछ ।

प्रशिक्षकमा उषाकुमारी कर्ण, बुद्धकुमारी घिमिरे र विमला राना मगर छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्य–सचिव रामचरित्र मेहता, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, महासचिव सञ्जिव तुलाधर, राखेप सदस्य कमलबहादुर भट्टराईलगायतले बुधबार बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully