त्रिपुरेश्वरस्थित रापेप कभर्डहलमा टाइम्सले अन्तिम समयमा रिबाउन्डमा २ अंक स्कोर गरेपछि कीर्तिपुरलाई ८१–७९ ले पराजित हराएको हो ।
काठमाडौँ — टाइम्स क्लबले मंगलबार हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा कीर्तिपुरमाथि रोमाञ्चक जित रचेको छ ।
त्रिपुरेश्वरस्थित रापेप कभर्डहलमा टाइम्सले अन्तिम समयमा रिबाउन्डमा २ अंक स्कोर गरेपछि कीर्तिपुरलाई ८१–७९ ले पराजित हराएको हो । खेलमा अधिकांश समय पछि परेको टाइम्स अन्तिम समयमा बराबरी गर्न सफल भयो । अन्तिममा एक पटक टाइम्सले अग्रता लिए पनि कीर्तिपुरले बराबरी गर्यो । तर अन्तिममा टाइम्स पाएको मौकामा २ अंक स्कोर गरेपछि खेल जित्न भयो । टाइम्सका कप्तान सदीश प्रधानले हानेको थ्री प्वाइन्टको प्रयास सफल हुन सकेन । रिबाउन्डमा कमल थापाले २ अंक स्कोर गर्दै टाइम्सलाई जिताए । टाइम्सका मनिष केसीले सर्वाधिक ३१ स्कोर गरे । उनी प्लेयर अफ द म्याच घोषित भए ।
लिगमा टाइम्सको यो लगातार सातौं जित हो । ८ खेलमा ७ जित र १ हारसहित १५ अंक जोडेर टाइम्स शीर्षस्थानमा उक्लेको छ । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेको छ ।
