त्रिपुरेश्वरस्थिथ राखेप कभर्डहलमा सोमबार टाइम्सले कीर्तिपुरलाई ८२–६० स्कोरले पराजित गर्दै उक्त सफलता पाएको हो ।
काठमाडौँ — टाइम्स क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिगमा लगातार छैटौं जित निकालेको छ । त्रिपुरेश्वरस्थिथ राखेप कभर्डहलमा सोमबार टाइम्सले कीर्तिपुरलाई ८२–६० स्कोरले पराजित गर्दै उक्त सफलता पाएको हो ।
टाइम्सले शीर्षस्थानको त्रिभुवन आर्मी क्लबसँगै समान १३ अंक जोडेको छ । पहिलो क्वाटरमा दुवै टोलीले १२–१२ स्कोर जोडेपछि दोस्रो क्वाटरमा टाइम्सले २१–१२ को अग्रता बनायो । हाफटाइमसम्म ३३–२४ को अग्रता लिएको टाइम्सले तेस्रो क्वाटर १७–८ र चौथो क्वाटर ३२–२८ ले आफ्नो पक्षमा पार्दै खेल जितेको थियो । टाइम्सका श्रेयसबहादुर थापाले सर्वाधिक २० स्कोर गरे ।
अघिल्लो रात विभागीय टोली आर्मीले सोलो बास्केटबल क्लबलाई १०३–६८ स्कोरले पराजित गरेको थियो । लिगमा आर्मीको सातौं खेलमा छैटौं जित हो । आर्मीका निश्चल महर्जनले सर्वाधिक २० स्कोर गरेका थिए । आर्मीका नुकेश जुग्जाली प्लेयर अफ द म्याच भए ।
