सिटीले जित्यो लिगकप

म्यानचेस्टर सिटीले आर्सनललाई आइतबार २–० ले पराजित गर्दै लिगकपको उपाधि जितेको छ

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

City won the League Cup

काठमाडौँ — म्यानचेस्टर सिटीले आर्सनललाई आइतबार २–० ले पराजित गर्दै लिगकपको उपाधि जितेको छ । निको ओ’रेलीले दोस्रो हाफमा दुई गोल गरेपछि सिटीले वेम्बलीमा सिजनको पहिलो उपाधि चुमेको हो ।

इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनल खेल अगाडि जितका लागि बलिया प्रत्यासी रहेता पनि सिटीको बलियो प्रदर्शन अगाडि उसको केही पनि चलेन । आर्सनलसामु सन् २०२० यता पहिलो उपाधि जित्ने अवसर थियो ।

City won the League Cup

आर्सनलले सन् १९९३ यता लिगकप जित्न सकेको थिएन । सिटीका प्रशिक्षक पेप ग्वार्डिओला क्लबमा आएयता उनी लिगकपको इतिहासमा सबैभन्दा सफल व्यवस्थापक भएका छन् । यो सफलताले इंग्लिस प्रिमियर लिगको उपाधि होड पनि रोमाञ्चक बनेको छ ।

कान्तिपुर

Link copied successfully