यस जितसँगै एभरटन शीर्ष चारका लागि प्रत्यासी पनि बनेको छ । लिग तालिकामा उसको ४६ अंक भएको छ र यो शीर्ष चारसँग पाँच अंकको दूरी हो ।
काठमाडौँ — एभरटनले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीमाथि ३–० को शानदार जित निकालेको छ । यस जितसँगै एभरटन शीर्ष चारका लागि प्रत्यासी पनि बनेको छ । लिग तालिकामा उसको ४६ अंक भएको छ र यो शीर्ष चारसँग पाँच अंकको दूरी हो ।
चेल्सी भने ४८ अंकमै सीमित रहेर छैटौं स्थानमा रह्यो । एभरटनका लागि बेटोले दुई गोल गरे भने इलमन एनडियेले एक गोल थपे । चेल्सीको यो लगातार चौथो हार हो र यसले टिम दबाबमा पनि आएको छ ।
अन्य खेलमा लिड्स युनाइटेड र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेले भने फुलहमले बर्नलीलाई ३–१ ले हरायो । ब्रेन्टफोर्ड ४६ अंकमा सातौं तथा फुलहम ४४ अंकमा नवौं स्थानमा रहेका छन् ।
