बार्सिलोना ७ अंकले अगाडि

बार्सिलोनाले स्पेनी ला लिगाको शीर्ष स्थानमा आइतबार ७ अंकको अग्रता लिएको छ ।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

Barcelona leads by 7 points

काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगाको शीर्ष स्थानमा आइतबार ७ अंकको अग्रता लिएको छ । यसका लागि उसले क्याम्प नुमा भएको खेलमा रायो भालेकानोलाई १–० ले पराजित गर्‍यो ।

क्याम्प नुमा भएको खेलमा बार्सिलोनाका लागि उरुग्वेली खेलाडी रोनाल्ड अराउजोले २४ औं मिनेटमा गरेको गोल निर्णायक साबित भयो । यो जितपछि बार्सिलोनाको २९ खेलबाट ७३ अंक छ ।

रियल म्याड्रिड ६६ अंकमा दोस्रो स्थानमा छ । आइतबार राति हुने खेलमा रियलले म्याड्रिड डर्बीमा एटलेटिकोको सामना गर्दैछ । एटलेटिको ५७ अंकमा चौथो स्थानमा छ ।

कान्तिपुर

Link copied successfully