तेस्रोमा भिल्लारियल मजबुत

उसको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो भएको छ । सोसिडाड भने ३८ अंकमा सातौं स्थानमा रह्यो ।

चैत्र ७, २०८२

कान्तिपुर संवाददाता

Villarreal strong in third

काठमाडौँ — भिल्लारियलले स्पेनी ला लिगामा शुक्रबार रियल सोसिडाडलाई ३–१ ले पराजित गरेर लिग तालिकाको तेस्रो स्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ । यो जितपछि भिल्लारियलको २९ खेलबाट २९ अंक भएको छ ।

उसको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो भएको छ । सोसिडाड भने ३८ अंकमा सातौं स्थानमा रह्यो । भिल्लारियलको जित पहिलो हाफमा सम्भव तीन गोलको मदतले भएको थियो ।

त्यसमा जेरार्ड मोरेनो, जर्जेस मिकाटड्जे र निकोलस पेपेले गोल गरे । सोसिडाडबाट सम्भव भएको एक मात्र गोल लुका सुकिकले गरे ।

कान्तिपुर

Link copied successfully