वीरगन्जस्थित टिबि शाह क्रिकेट मैदानमा कर्णाली प्रदेश टिमले टस जितेर ब्याटिङ थालेको खेलमा ७ ओभरमा बिनाविकेट क्षति २० रन बनाएको थियो । त्यसक्रममा लगातार वर्षा भएपछि खेल अवरुद्ध बनेको थियो ।
पर्सा — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार कर्णाली र लुम्बिनीबीचको खेल वर्षाका कारण रद्द भएको छ । वीरगन्जस्थित टिबि शाह क्रिकेट मैदानमा कर्णाली प्रदेश टिमले टस जितेर ब्याटिङ थालेको खेलमा ७ ओभरमा बिनाविकेट क्षति २० रन बनाएको थियो । त्यसक्रममा लगातार वर्षा भएपछि खेल अवरुद्ध बनेको थियो ।
मौसममा सुधार नआएपछि खेल पुनः सञ्चालन हुन नसक्दा अन्ततः रद्द गर्ने निर्णय गरिएको हो । खेल रद्द भएसँगै लुम्बिनी र कर्णाली प्रदेश टिमले समान १–१ अंक बाँडेका छन् ।
प्रतियोगिता भने निर्धारित तालिकाअनुसार अघि बढ्ने जनाइएको छ । यसअघि मैदानमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रतियोगिता उद्घाटन गरेका थिए ।
