वेलब्याकले ५६ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । उनले नै १४ औं मिनेटमा गोलको खाता खोलेका थिए ।
काठमाडौँ — ड्यानी वेलब्याकको दुई गोलको मद्दतले ब्राइटनले इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई शनिबार २–१ ले पराजित गरेको छ । वेलब्याकले ५६ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । उनले नै १४ औं मिनेटमा गोलको खाता खोलेका थिए ।
त्यसपछि मिलोस केरकेजले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए । हारले लिभरपुलको यो सिजन खराव प्रदर्शनको क्रम जारी रह्यो । यो नतिजापछि लिभरपुल ४९ अंकमा पाँचौ स्थानमा रह्यो र उसको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बन्यो ।
ब्राइटन भने ४३ अंकमा आठौं स्थानमा उक्लिन सफल रह्यो । यो जितले ब्राइटनको अर्को सिजन युरोपमा खेल्ने सम्भावना जीवन्त रह्यो ।
