फरेस्टले अन्तिम १६ को दोस्रो लेग २–१ ले जितपछि स्थिति समग्रमा २–२ को बराबरी भएको हो ।
काठमाडौँ — नटिंघम फरेस्टले पेनाल्टीमा मिडत्जल्यान्डलाई पराजित गर्दै बिहीबार युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ । यस्तै इस्टन भिल्लाले पनि क्वाटरफाइनल प्रवेशका लाग लिललाई २–० ले पराजित गरेको छ । फरेस्टले अन्तिम १६ को दोस्रो लेग २–१ ले जितपछि स्थिति समग्रमा २–२ को बराबरी भएको हो । त्यसपछि भएको टाइब्रेकरमा फरेस्ट ३–० ले विजयी रह्यो । भिल्ला भने समग्रमा ३–० ले विजयी रह्यो ।
यस्तै समग्रमा ब्रागले फेनेबाचेलाई ४–२, रियल बेटिसले प्यानाथिनाइकोसलाई ४–१, फ्रेबर्गले जेन्कलाई ५–२, सेल्टा भिगोले लियोनलाई ३–१ र पोर्टोले स्टुटगार्टलाई ४–१ ले हरायो । बोलोग्नाले पनि अतिरिक्त समयको खेलपछि रोमालाई समग्रमा ५–४ ले पराजित गर्न सफल रह्यो । यससँगै प्रतियोगिताको अन्तिम आठको समीकरण पूरा भएको छ ।
अब सेमिफाइनल प्रवेशका लागि ब्रागले रियल बेटिस, फ्रेबर्गले सेल्टा भिगो, पोर्टोले फरेस्ट तथा बोलोग्नाले एस्टन भिल्लाको सामना गर्नेछ । यस अनुसार युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगितामा इंग्ल्यान्ड, स्पेन र पोर्चुगलका दुई दुई क्लब क्वाटरफाइनल पुगेका छन् । यस्तै इटाली र जर्मनीका एक एक टिमले अबको चरणको यात्रा तय गरे ।
