जुनियर च्याम्पियनसिप खेल्न उसु टोली चीन जाने

चैत ९ देखि १७ सम्म हुने प्रतियोगितामा रश्मि तामाङ, गिरिश पौडेल, लाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले प्रतिस्पर्धा गर्ने छन् ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Wushu team to travel to China to play in junior championship

काठमाडौँ — दसौं विश्व जुनियर उसु च्याम्पियनसिपमा भाग लिन ६ खेलाडीसहित १० सदस्यीय नेपाली उसु टोली शनिबार चीन जाने भएको छ ।

चैत ९ देखि १७ सम्म हुने प्रतियोगितामा रश्मि तामाङ, गिरिश पौडेल, लाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता सेनेगलमा हुने डकार युथ ओलम्पिकको छनोटका रूपमा समेत रहेको छ ।

प्रशिक्षकमा लानम लामा र जंगबहादुर तामाङ तथा निर्णायकमा मन्जुर महर्जन र गोविन्दबहादुर शाही छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप सदस्य कमलबहादुर भट्टराईले बिहीबार बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully