बास्केटबल लिगमा टाइम्सको चौथो जित

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार टाइम्सले प्लेबक्स एरेनालाई ८५–७३ स्कोरले पराजित गर्‍यो ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Times' fourth win in the basketball league

काठमाडौँ — टाइम्स क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा चौथो जित पाएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार टाइम्सले प्लेबक्स एरेनालाई ८५–७३ स्कोरले पराजित गर्‍यो । टाइम्सले ५ खेलमा चौथो जित निकाल्दै ९ अंक जोडेको छ । आर्मी समान अंक जोडेको आर्मी शीर्षस्थानमा छ । टाइम्स दोस्रोमा छ ।

अघिल्लो दिन राति आर्मीले रोयललाई १०३–७५ स्कोरले पराजित गरेको थियो । आर्मीले ५ खेल खेल्दा चौथो जित हो । रोयलको चौथो हार हो । टोलीले ५ खेलबाट ६ अंक मात्र जोडेको छ ।  

कान्तिपुर

Link copied successfully