प्रधानमन्त्री कपका लागि कर्णाली टोलीको बिदाइ

टोलीका कप्तान दिवान पुनले यसपटक कर्णालीले राष्ट्रिय प्रतियोगितामा सम्मानजनक स्थान हासिल गर्ने विश्वास लिएको बताए ।

चैत्र ५, २०८२

तृप्ति शाही

Karnali team bids farewell for Prime Minister's Cup

वीरेन्द्रनगर — चैत ७ बाट सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने कर्णालीको टोलीलाई बिदाइ गरिएको छ ।  कर्णाली प्रदेश क्रिकेट संघले बिहीबार टोलीलाई  बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले खेलाडीलाई सफलताको शुभकामना दिँदै उच्च मनोबलका साथ मैदानमा उत्रिन आग्रह गरे । उनले कर्णालीको नाम जितसँग जोड्न खेलाडीलाई सुझाव दिए । उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए । अनुशासन, आत्मविश्वास र टिमवर्क नै जितको आधार हुने उल्लेख गर्दै उनले यो कुरालाई ध्यानमा राख्नपर्ने बताए । 

टोलीका कप्तान दिवान पुनले यसपटक कर्णालीले राष्ट्रिय प्रतियोगितामा सम्मानजनक स्थान हासिल गर्ने विश्वास लिएको बताए ।

देशकै प्रतिष्ठित यस प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ भने खेलहरू काठमाडौं, जनकपुर र पर्सामा सञ्चालन हुनेछन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully