स्पोर्टिङ लिस्वनले पनि उत्कृष्ट पुर्नआगमन रच्दै बोडो/गिल्म्टको यात्रामा पूर्ण विराम लगाएको छ । पीएसजीले अन्तिम १६ को दोस्रो लेगको खेलमा चेल्सीलाई ३–० ले हरायो र समग्रमा ८–२ को अग्रता लियो ।
काठमाडौँ — डिफेन्डिङ च्याम्पिनय पेरिस सेन्ट जर्मेन (पीएसजी), कीर्तिमान १५ पल्टको च्याम्पियन रियल म्याड्रिड र आर्सनलले मंगलबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठको यात्रा तय गरेका छन्
स्पोर्टिङ लिस्वनले पनि उत्कृष्ट पुर्नआगमन रच्दै बोडो/गिल्म्टको यात्रामा पूर्ण विराम लगाएको छ । पीएसजीले अन्तिम १६ को दोस्रो लेगको खेलमा चेल्सीलाई ३–० ले हरायो र समग्रमा ८–२ को अग्रता लियो ।
यस्तै रियलले भने म्यानचेस्टर सिटीलाई दोस्रो लेगमा २–१ ले पराजित गर्दै समग्रमा ५–१ को अग्रता लिन सफल रह्यो । आर्सनल भने दोस्रो लेगमा बायर लेभरकुजनलाई २–० ले पन्छाएर समग्रमा ३–१ ले अगाडि रह्यो ।
स्पोर्टिङले भने पहिलो लेगमा ३–० ले पछाडि रहेको स्थिति उल्टाएर दोस्रो लेग ५–० ले जितेको थियो र यससँगै ५–३ को निर्णायक अग्रता लिएको थियो ।