सेनेगलबाट खोसेर मोरक्कोलाई उपाधि

रबाटमा भएको जनवरी १८ को फाइनलको अन्त्यतिर मोरक्कोको पक्षमा पेनाल्टीको निर्णय सुनाएपछि सेनेगलका अधिकांस खेलाडीले त्यसको विराधेमा मैदान छाडेका थिए ।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — अफ्रिकी फुटबल महासंघ (काफ) ले मंगलबार सनसनीपूर्ण रूपमा सेनेगलबाट अफ्रिकी कप अफ नेसन्स २०२६ को उपाधि खोसेर मोरक्कोलाई विजेता घोषित गरेको छ ।

रबाटमा भएको जनवरी १८ को फाइनलको अन्त्यतिर मोरक्कोको पक्षमा पेनाल्टीको निर्णय सुनाएपछि सेनेगलका अधिकांस खेलाडीले त्यसको विराधेमा मैदान छाडेका थिए ।

केही समयपछि सेनेगलका खेलाडी मैदानमा फर्के र मोरक्को त्यस पेनाल्टीमा गोल गर्न चुकेको थियो । त्यसपछि पापे गुयेले गोल गरे र सेनेगल १–० ले विजयी रह्यो ।

मोरक्कोको अपिलपछि काफले उसको पक्षमा ३–० को नतिजा सुम्पेको छ र सेनेगलले त्यस फाइनल छाडेको मानिएको छ । प्रतियोगिताको नियम अनुसार कुनै टिमले खेल छाडेमा अथवा खेल्न अस्विकार गरेमा त्यसलाई पराजित मानिने भनिएको छ ।

कान्तिपुर

Link copied successfully