‘अयोग्य खेलाडी’ खेलाएकोमा मलेसिया कारबाहीमा

यो निर्णयपछि भियतानाम भने समूह ‘एफ’ बाट एसिया कप पुगेको छ । निर्णयपछि मलेसियाली राष्ट्रिय टिमबाट सात विदेशमा जन्मेका खेलाडी खेलाएको काण्डमा पूर्णविराम लागेको छ ।

चैत्र ४, २०८२

एएफपी

Malaysia faces action for fielding 'ineligible players'

क्वालालम्पुर — मलेसियाको एसियन कप २०२७ खेल्ने सपना मंगलबार समाप्त भएको छ । छनोटका दुई खेलमा ‘अयोग्य खेलाडी’ उतारेपछि दुवैमा ३–० को हार नतिजा सुनाएको छ । यो निर्णयपछि भियतानाम भने समूह ‘एफ’ बाट एसिया कप पुगेको छ । निर्णयपछि मलेसियाली राष्ट्रिय टिमबाट सात विदेशमा जन्मेका खेलाडी खेलाएको काण्डमा पूर्णविराम लागेको छ । 

ती खेलाडीले जाली प्रमाण दिएर मलेसियाली टिमबाट खेलेका थिए । पछि उनीहरूलाई प्रतिबन्ध पनि लगाइएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले भनेको छ, ‘कारबाहीमा परेको टिमले सन् २००७ को एसियन कप छनोटमा अयोग्य खेलाडीको प्रमाणित भएको छ ।’ क्वालालम्पुरमै आफ्नो मुख्यालय भएको एएफसीले मलेसियामाथि ५० हजार डलर पनि जरिवाना गरेको छ । 

यो निर्णयपछि छनोटको समूह ‘एफ’ मा भियतनामले निर्णायक साबित ६ अंकको अग्रता लिएको थियो । टोली यसक्रममा मलेसियालाई उछिनेर शीर्षमा पुगेको छ । अब मार्च ३१ मा यिनै दुई टिम भियतनाममा खेल्दै छन् र यसको नतिजाको कुनै अर्थ हुने छैन । मलेसियाले जुनमा भएको छनोट खेलमा भियतनाममाथि ४–० को जित निकालेपछि छानबिन सुरु गरेको थियो । त्यस खेलमा विवादमा परेका सात खेलाडीमध्ये दुई जनाले गोल पनि गरेका थिए । 

मार्चमा नेपाली टोली त्यही मलेसियाली टिमसँग २–० ले पराजित भएको थियो । अब यी दुवै खेलको नतिजा फेरिएको छ । फिफाले गरेको छानबिनमा ती विवादित खेलाडीले जाली प्रमाण बुझाएको प्रमाणित भएको थियो । उनीहरूको कोही पनि पूर्वज मलेसियाली मूलका थिएनन् । फिफाका अनुसार यी विवादित खेलाडीमा तीन अर्जेन्टिना, दुई स्पेनी, एक नेदरल्यान्ड्स र एक ब्राजिलका थिए । 

ती खेलाडीमा हेक्टर हाभेल, जन इराजाबल, ग्याब्रियल पालेर्मो, फकुन्डो गार्सेस, रोड्रिगो होल्गाडो, इमानोल माचुका र जाओ ब्रान्डाओ छन् । फिफाले उनीहरू सबैलाई एक वर्षको प्रतिबन्ध लगाउँदै समग्रमा ४ लाख ४८ हजार डलर जरिवाना गरेको थियो । उनीहरूले त्यस निर्णयविरुद्ध स्विट्जरल्यान्डमा रहेको कासमा गएका थिए । कासले भने जरिवानामा केही कमी ल्याए पनि एक वर्षको प्रतिबन्ध भने कायम राखेको थियो ।

एएफपी

Link copied successfully