नेसनल बास्केटबलमा हेभीसी हाउन्ड्स विजयी

सुरुआती तीन खेलमा पराजित हाउन्ड्सले बुधबार कीर्तिपुर बास्केटबल क्लबलाई ६८–५१ स्कोरले पराजित गरेको हो ।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

Heavies Hounds win in National Basketball

काठमाडौँ — केभीसी हाउन्ड्सले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा लगातार दोस्रो जित पाएको छ ।

सुरुआती तीन खेलमा पराजित हाउन्ड्सले बुधबार कीर्तिपुर बास्केटबल क्लबलाई ६८–५१ स्कोरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हाउन्ड्सले पहिलो क्वाटरमा १६–११ को अग्रता बनायो । दोस्रो क्वाटरमा हाउन्ड्स र कीर्तिपुरले १६–१६ अंक जोड्दा हाफटाइमसम्म हाउन्ड्सले ३२–२७ को अगाडि रह्यो ।

तेस्रो क्वाटर कीर्तिपुरले १८–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत देखाएको थियो । तर चौथो क्वाटरमा हाउन्ड्सले एकपक्षीय प्रदर्शन गर्दै १९–६ को स्कोर गरेपछि खेल जित्यो ।

हाउन्ड्सका कप्तान विजय बुर्जाले २६स्कोर गरे । उनी म्यान अफ द म्याच घोषित भए । लगातार दोस्रो जितपछि हाउन्ड्सले ५ खेलबाट ७ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।

कीर्तिपुरको यो तेस्रो हार हो । कीर्तिपुरले ५ खेलबाट ७ अंक नै जोड्दै पाँचौ स्थानमा छ ।

मंगलबार राति गोल्डेनगेट क्लबले प्लेबक्स एरेनामाथि ७७–७६ को संघर्षपूर्ण स्कोरमा जित पाएको थियो । गोल्डेनगेटका विकास गुरुङले सर्वाधिक १८ स्कोर गरे । उनी प्लेयर अफ द  म्याच घोषित भए । चार खेलमा गोल्डेनगेटको तेस्रो जित हो भने प्लेबक्सको तेस्रो हार हो । गोल्डेनगेट ४ खेल बाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।

कान्तिपुर

Link copied successfully