बार्सिलोनाको जितमा राफिन्हाको ह्याट्रिक

शीर्ष स्थानमा फेरि चार अंकको अग्रता

चैत्र २, २०८२

कान्तिपुर संवाददाता

Rafinha's hat-trick in Barcelona's win

काठमाडौँ — राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार सेभियालाई ५–२ ले हराएको छ र शीर्ष स्थानमा फेरि चार अंकको अग्रता लिएको छ ।

हान्सी फ्लिकको बार्सिलोनाका लागि डानी ओल्मो र जाओ क्यान्सेलोले पनि एक एक गोल गरे ।

यो जितपछि बार्सिलोनाको २८ खेलबाट ७० अंक भएको छ । उसको पछाडि रियल म्याड्रिड ६६ अंकमा रहेको छ । अर्को प्रमुख खेलमा रियल सोसिडाडले ओसासुनालाई ३–१ ले हरायो ।

यससँगै सोसिडाड ३८ अंकमा सातौं स्थानमा उक्लिन सफल रह्यो र उसको अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम रह्यो । यस्तै रियल बेटिस र सेल्टा भिगोबीचको खेल भने १–१ को बराबरीमा टुंगियो ।

कान्तिपुर

Link copied successfully