प्रतियोगितामा सहभागी हुने क्लबबीच आइतबार सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको बैठकपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राप्तीलाई खेल्न नदिने निर्णय गरेको हो ।
काठमाडौँ — प्रतियोगितामा सहभागी हुनका लागि पूर्ण तयारी गरिसक्दा पनि राप्ती एफसीले अबको महिला लिग फुटबल खेल्न नपाउने भएको छ । प्रतियोगितामा सहभागी हुने क्लबबीच आइतबार सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको बैठकपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राप्तीलाई खेल्न नदिने निर्णय गरेको हो ।
राप्तीले भने यसलाई आफूविरुद्ध भएको अन्यायपूर्ण निर्णय भनेको छ । यसपल्टको लिगमा कुल १० टिमको सहभागिता रहने कार्यक्रम रहेको थियो । तर वालिङले सहभागी नहुने निर्णय गरेपछि राप्तीलाई अवसर दिने निर्णय भएको थियो । त्यसैअनुसार एन्फाले राप्तीलाई पत्रचार पनि गरेको थियो र क्लबले पनि प्रतियोगिताको तयारी गरेको थियो ।
एन्फाले पछिल्लो समय जारी गरेको प्रतियोगिताको खेल तालिकामा पनि राप्तीको नाम रहेको छ । तर अहिले उसलाई प्रतियोगिताबाट हटाइएको छ ।
