आर्सनल उपाधिको अझ नजिक

आर्सनललाई स्थिति अझ सजिलो बनाउन अर्को खेलमा म्यानचेस्टर सिटी वेस्ट ह्यामको हातबाट १–१ को बराबरीमा रोकिएको छ ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Arsenal closer to the title

काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनलाई २–० ले नाटकीय रूपमा पराजित गर्दै उपाधिको अझ नजिक पुगेको छ। 

आर्सनललाई स्थिति अझ सजिलो बनाउन अर्को खेलमा म्यानचेस्टर सिटी वेस्ट ह्यामको हातबाट १–१ को बराबरीमा रोकिएको छ। 

यी नतिजापछि आर्सनलले शीर्ष स्थानमा नौ अंकको अग्रता लिएको छ र २२ वर्षयता पहिलो पटक लिग जित्ने लगभग निश्चित जस्तै देखिएको छ । खेल बराबरीतर्फ अग्रसर भएको बेला ८९ औं मिनेटमा भिक्टोर ग्योकेरेसले गोल गर्दै आर्सलनलाई अग्रता दिलाए । 

त्यसपछि १६ वर्षीय म्याक डेमनले गोल गरेर जित निश्चित गरे । उनी यसक्रममा प्रिमियर लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने । अर्को खेलमा सिटीले बर्नाडो सिल्भाको गोलले अग्रता लिएको थियो । वेस्ट ह्यामका लगि कोन्स्टानटिनोस माभ्रोपोनोसले बराबरी गोल गरे । 

अन्य खेलमा न्युकासल युनाइटेडले चेल्सीलाई १–० र ब्राइटनले सन्डरल्यान्डलाई १–० ले हरायो । बर्नली र बर्नमाउथले भने १–१ को बराबरी खेले ।

कान्तिपुर

Link copied successfully