निश्चित हारतर्फ अग्रसर भइरहेको बेला पेपेले भिल्लारियलका लागि गोल गरेका हुन् ।
काठमाडौँ — निकोलस पेपेले दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा गरेको गोलको मदतले भिल्लारियलले शुक्रबार एलाभेसलाई स्पेनी ला लिगामा १–१ को बराबरीमा रोकेको छ । निश्चित हारतर्फ अग्रसर भइरहेको बेला पेपेले भिल्लारियलका लागि गोल गरेका हुन् ।
यसअघि राजभन मारिनको आत्मघाती गोलमा एलाभेसले ४० औं मिनेटमा अग्रता लिएको थियो । यो नतिजापछि भिल्लारियल २८ खेलबाट ५५ अंकमा तेस्रो स्थानमा उक्लिन सफल रह्यो र उसको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना तय जस्तै रहेको छ ।
उसको पछाडि एक खेल कम खेलेको एटलेटिको म्याड्रिड ५४ अंकमा छ । बार्सिलोना ६७ र रियल म्याड्रिड ६३ अंकमा शीर्ष दुई स्थानमा छन् ।
